• बिहीबार-जेठ-१-२०८२

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

 

काठमाडौँ : सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उहाँको निधन भएको पर्यटन विभागले जनाएको छ । उहाँ स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा जानुभएको थियो । 

 

फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुग्नुभएको र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस