• सोमबार-बैशाख-२९-२०८२

ह्वातै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं, २९ बैशाख । आज पनि सुनको मूल्यमा भारी गिरावट आएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो । 

 

जसअनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर सोमबार प्रतितोला १९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस