• सोमबार-बैशाख-२९-२०८२

ऋतिकको ‘वार-२’ तेलुगु राइटसमा सबैभन्दा महंगोमा भयो बिक्री

 

काठमाडौं, २९ बैशाख । ऋतिक रोशनको क्रेडिटमा धेरै फिल्महरू छन् तर अहिलेभने उनको नयाँ फिल्म वारः २ पहिलो हुनेछ । 

 

जसमा लामो समयदेखि काम भइरहेको छ । फिल्ममा उनको अपोजिट जुनियर एनटिआर रहेका छन् । यसैबीच, ऋतिक रोशनका फ्यानहरूका लागि एउटा खुसीको खबर आएको छ, जुन सुनेपछि फ्यानहरू पनि खुसी हुनेछन् ।

 

भर्खरै वानटुथ्री तेलुगु डटकमले एक समाचार प्रकाशित गरेको छ । जसबाट यो खुलासा भयो कि वारः २ ले तेलुगु संस्करणको लागि बलियो सम्झौता पाएको छ। टलिउड निर्माता नागा वाम्सी र सुनील नारङले  ‘वार २’ को तेलुगु राइट्स किन्न दौडमा सामेल भएका छन् ।


तर, जुनियर एनटीआर फिल्मको तेलुगु अधिकार यति महँगो मूल्यमा बिक्रि हुनुको सबैभन्दा ठूलो कारण हो किनभने उनी बलिउड फिल्ममा खलनायक बनिरहेका छन्, यो उनका फ्यानका लागि ठूलो ट्रीट हो ।


‘वार’ को पहिलो भाग सन् २०१९ मा आएको थियो, जसलाई उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो र यो फिल्म ब्लकबस्टरसमेत भयो । त्यसयता फिल्मको पार्ट २ बनाउने चर्चा चलिरहेको थियो । अब यसै वर्ष वारः २ आउँदैछ, जसको प्रशंसकहरू उत्सुकतापूर्वक पर्खिरहेका छन् । 


फिल्मको वरिपरि बनाइएको बलियो वातावरणलाई ध्यानमा राख्दै ‘वार-२’ ले तेलुगु संस्करणको लागि ठूलो सम्झौता गरिरहेको छ । यसको तेलुगु राइट्सको मूल्य ८५ देखि १२० करोड रुपैयाँ रहेको भनिएको छ ।

 

फिल्ममा ऋतिक रोशन एकपटक कबीरको भूमिकामा कम ब्याक गर्दैछन् । अर्कोतर्फ जुनियर एनटीआर फिल्ममा खलनायकको भूमिकामा देखिने भएका छन् । यससँगै कियारा आडवाणी पनि मुख्य अभिनेत्री हुन् । यो फिल्म १४ अगस्टमा रिलिज हुँदैछ । अन्य ठूला फिल्मसँग टक्कर हुने चर्चा छ ।

 

‘वार २’ बाहेक ऋतिक रोशनको खातामा ‘क्रिस ४’ पनि समावेश छ । तर, आलिया भट्ट र शर्वरी वाघको फिल्ममा उनको क्यामियो पनि रहने बताइएको छ । अर्कोतर्फ जुनियर एनटीआरले पनि प्रशान्त नीलसँग आफ्नो अर्को फिल्ममा काम सुरु गरिसकेका छन् ।

 

‘वार २’ को कुल राइट्सबाट दुबैले कति करोड कमाउँछन् त्यो भने हेर्न बाँकी छ । केही समय अघि ऋतिक रोशनको खुट्टामा चोट लागेको कारण एउटा गीतको सुटिङ रोकिनु परेको थियो तर अब छिट्टै पूरा हुने जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस