सिरहा । गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षीय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन् । अविनासको बुबाले विद्यालयबाट बालक छोराको उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । बालक अविनासको उपचार भइरहेको छ । उनी खतरामुक्त भएपनि पूर्णरुपले स्वस्थ हुन एक साता बढी लाग्न सक्ने अस्पताल सुत्रले बताएको छ ।
शिक्षक सन्तोष गुप्ताले अविनासलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनासले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनासको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौ नील डाम देखिन्छ ।
गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुमा शिक्षक गुप्ताले बालक छात्रलाई मरनासन्न हुने गरी कुटेको अविनासका बुबा सुरेश कुमार यादवले बताए । उनले भने म खाना खान बसेको थिएँ , अचानक कसैले फोन ग¥यो । तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुँदे । विद्यालयमा पुग्दा मेरो बच्चा इन्तु न चिन्तु थियो । उनले भने, 'कसाईहरु रहेछन् , झण्डै मेरो बच्चा मारेनन् । सख्त कारवाही हुनुपर्छ, हामीले न्याय पाउनु पर्छ' यादवले आँशु झार्दै भने ।
विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीले कानून बमोजिम कारवाही हुने बताएको छ ।
प्रतिकृया दिनुहोस