• शुक्रबार-बैशाख-२६-२०८२

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

 

काठमाडौं, २६ बैशाख । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजेदेखि सुरू हुनेछ ।

 

आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 

 

गत बैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सी पल्टदेखि निरन्तर छलफल चलिरहेको हो । 

 

साथै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त पत्रकाे ब्याेहाेरासमेत जानकारी गराइनेछ ।  

 

प्रतिकृया दिनुहोस