काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले नयाँ सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिएको छ।
यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका डीआइजी कुमार न्यौपानेलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीमा बाहिनीपति पदमा सरुवा गरिएको छ। त्यसपछि धौवजीलाई सूचना अधिकारीको जिम्मेवारी दिइएको हो।
डीआइजी धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा बाहिनीपति पदमा कार्यरत हुनुहुन्थ्यो। सूचना अधिकारीका रूपमा अब उहाँ ९८५१२७२००७ मोबाईल नम्बर वा [email protected] इमेलमार्फत सम्पर्कमा रहनुहुनेछ।
सशस्त्र प्रहरी बलले सूचना सम्प्रेषण तथा जनसम्पर्क मजबुत बनाउने उद्देश्यका साथ प्रवक्ताको भूमिकालाई विशेष प्राथमिकता दिँदै आएको छ।
प्रतिकृया दिनुहोस