• आइतबार-बैशाख-२८-२०८२

१४ सदस्य गुमाएका पाकिस्तानी आ तंकवादीले भने, ‘न मलाई पछुतो छ, न निराश नै छु’

 

इस्लामवाद, २५ बैशाख । जैश ए मोहम्मदका प्रमुख र घोषित अन्तर्राष्ट्रिय आतंकवादी मौलाना मसूद अजहरले ‘अपरेशन सिन्दुर’को हमलाका बारेमा मुख खोलेका छन् ।

 

कश्मीरको पहलगाम आतंकवादी हमलाको बदला लिन भारतले ‘अपरेशन सिन्दूर’ अन्तर्गत गरेको लक्षित हवाई हमलामा आफ्नो परिवारका १० सदस्य र उनका चार सहयोगी मारिए पछि उनले मुख खोलेका हुन् ।

 

बहावलपुरको जामिया मस्जिद सुभान अल्लाहमा जैश ए मोहम्मदको मुख्यालयमा भएको आक्रमणमा मारिनेहरूमा उनको जेठी बहिनी, बहिनीका पति, एक भतिजा र उनकी श्रीमती, एक भान्जी र परिवारका पाँच छोरा छोरीहरू समावेश थिए भनेर अजहरले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


मे ७ को रातमा भारतले गरेको ‘अपरेशन सिन्दूर’ पछि परिवारका १४ सदस्य गुमाएका अजहरले आफूलाई कुनै पछुतो र निराशा पनि नरहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । उनले भने, “बरु मेरो मनमा बारम्बार यही विचार आउँछ कि म पनि चौध सदस्यको यो खुसी कारवाँमा म किन सामेल हुन सकिन,” अन्तर्राष्ट्रिय आतंकवादीले भने, ‘उनीहरूको जाने समय आएको थियो, जानु भयो तर भगवानले उनीहरूलाई कहिल्यै मार्नु हुन्न ।’ उनले यो भने कि मारिएकाहरू अल्लाहका पाहुना बनेका छन् ।

 

५६ वर्षीय मसूद अजहर संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा अन्तर्राष्ट्रिय आतंकवादीको सूचीमा रहेका छन । भारतमा धेरै आतंकवादी हमलाको योजनामा ​​संलग्न रहेको उनीमाथि आरोप छ ।

 

जसमा मुख्यतया २००१ को भारतको संसदमा हमला, २००८ को मुम्बई हमला, २०१६ को पठानकोट हमला र २०१९ को पुलवामा हमलालगायतमा उनको सहभागिगता रहेको जनाउँदै आइएको छ ।  यी अन्तराष्ट्रिय आतंकवादी पाकिस्तानमा रहेको कुरा ‘ओपन सेक्रेट’ भए पनि इस्लामाबादले बारम्बार उनीबारे कुनै जानकारी नभएको कुरा अस्वीकार गर्दै आएको थियो ।


‘आज राति, मेरो परिवारका दस सदस्यहरू सँगै यो खुसीको साथमा आशिष् पाएका छन । यसमा पाँच निर्दोष बच्चाहरू, मेरी जेठी बहिनी, उनको आदरणीय पति, मेरो विद्वान भतिजा र पत्नी र मेरो प्यारी विद्वान भाञ्जी, मेरो प्यारो भाइ हुजैफा र उनकी आमा, दुई अन्य प्रिय साथीहरूले सहादात प्राप्त गरेका छन्, उनीहरूलाइ अल्लाहले बोलाउनु भएको छ,’ उनले भने ।
 

प्रतिकृया दिनुहोस