काठमाडौ, बैशाख ११ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको हो । यससँगै चाँदी २ हजार १० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला १९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिकृया दिनुहोस