• शनिबार-बैशाख-६-२०८२

वाग्ले र अर्यालकाे भिडन्तकाे प्रतिफल सुमना श्रेष्ठकाे राजीनामा !

फिर्ता लिन खोजेको राजीनामा सार्वजनिक भएपछि....

काठमाडाैं । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को विवाद चरम उत्कर्षतिर लागेको छ । सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको सार्वजनिकसँगै विवाद उत्कर्षतिर पुगेको हो ।

अर्याल समूह अहिले वाग्ले समूहलाई कमजोर बनाउन लागेको भन्दै श्रेष्ठले आफूले फिर्ता लिन खोजेको राजीनामा सार्वजनिक भएको भन्दै असन्तुष्ट देखिएको रास्वपा स्रोतको दावी छ । 

श्रेष्ठले एक पद एक जिम्मेवारीभन्दै असन्तुष्टि जनाएर राजीनामा दिएकी थिइन् । झन्डै दुईसाता अघि श्रेष्ठले राजीनामा दिएको विषय अहिले एक्कासी किन बाहिर आयो भन्ने चर्चाको विषय बनेको छ । 


 रवि लामिछाने गिरफ्तार हुनुभन्दा ठिक तीन दिनअघि उनले राजीनामा दिएकी थिइन् । २०८१ चैत २२ गते शुक्रबार रवि लामिछाने पक्राउ परेपछि उनले राजीनामा फिर्ता लिन पनि सहमति जनाएकी थिइन् ।

 

कार्यवाहक सभापति डीपी अर्याललाई जानकारी पनि गराएकी थिइन् । उनले आफूले राजीनामा फिर्ता लिन तयार रहेको भन्दै अर्याललाई जानकारी गराएको तर किन अहिले सार्वजनिक गरियो भन्ने चाहिँ उनले नै आश्चर्य जनाइरहेकी छिन् ।


   स्रोतका अनुसार, अर्याल समूहले नै सार्वजनिक गरेको रास्वपाभित्र बहस भइरहेको छ । श्रेष्ठको राजीनामा सार्वजनिक गरेर उपसभापति स्वर्णिम वाग्लेमाथि प्रहार भएको पनि रास्वपाभित्र चर्चा भएको छ । निकटस्थसँग श्रेष्ठले पनि उक्त कुरा भनिरहेकी छिन् । अर्याल र वाग्लेवीच पार्टी नेतृत्वमा को पुग्ने भन्ने निकै ठूलो संघर्ष रहेको छ । 


  संसदीय दलको नेतामा वाग्लेको दावी रहेको छ । वाग्लेको उक्त दावीमा अर्याल समूह सहमत छैन । त्यसैले, अर्याल समूह अहिले वाग्ले समूहलाई कमजोर बनाउन लागेको भन्दै श्रेष्ठले आफूले फिर्ता लिन खोजेको राजीनामा सार्वजनिक भएको भन्दै असन्तुष्ट देखिएको रास्वपा स्रोतको दावी छ । 
 

प्रतिकृया दिनुहोस