• बिहीबार-बैशाख-४-२०८२

शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी

 

काठमाडौं। काठमाडौंमा दुइ साता देखी आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्दय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहलकदमी लिएका छन ।

 


विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पहलकदमी लिएका हुन् ।

 

 


शिक्षक तथा कर्मचारीहरुले माग गर्दै आएको शिक्षा ऐन सम्बन्धी विधेयक हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहे पनि प्रभावकारी हुन नसके पछि थापा र शर्मा सक्रिय भएका हुन । शिक्षक तथा विद्यालय कर्मचारी मैत्री ऐन संसदबाट वा अध्यादेशबाट जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि काठमाडौंमा शिक्षकहरूको आन्दोलनरत छन ।

प्रतिकृया दिनुहोस