• शुक्रबार-बैशाख-५-२०८२

गाउँपालिका उपाध्यक्षद्वारा मदिरा सेवन गरी कार्यालय तोडफोड

 

जाजरकोट, २७ चैत  । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।

 

मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षति भएको प्रहरीले जनाएको छ ।

 

तोडफोडबाट दुई थान कम्प्युटर फुटको प्रहरीले बताएको छ । यो भन्दा अगाडि पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभावी गरेपनि उनको भिडियो समाचार सञ्जालमा सार्वजानिक भएको थियो ।

 

गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाही समेत मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको आरोप लागेको छ । मदिरा सेवन गरेर तोडफोडमा उत्रिएका शाहीले गाउँपालिकाका अध्यक्षले आफूलाई तोडफोड गर्न लगाएको बताएका थिए ।  
 

प्रतिकृया दिनुहोस