काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ । जसअनुसार मंगलबार सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेर २६७७.५५ विन्दुमा पुगेर रोकिएको छ ।
तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भने भएको छ। जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुदाँ कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आजको कारोबारमा ४२ वटा कम्पनिको सेयर बढ्दा २०१ वटा कम्पनिको भने घटन पुगेका छन् ।
प्रतिकृया दिनुहोस