काठमाडौं । आज बिहान निधन भएका प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर भैरहवा लगिने भएको छ ।
मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०ः५० बजे निधन भएका बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा लगिन लागिएको हो ।
चार्टड हेलिकप्टर मार्फत दिउँसो २ बजे पछि उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा लगिने भएको छ ।
शवको अन्त्येष्टि कुन घाटमा गर्ने भन्ने विषयमा अझै पारिवारिक छलफलमा रहेको राप्रपाका नेताहरूले जनाएका छन् ।
प्रतिकृया दिनुहोस