• बुधबार-चैत-२०-२०८१

प्रेस सेन्टर महाधिवेशन: उम्मेदवारले अझै किन पाएनन् मनाेनयन फाराम ?

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरको महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमै टुंग्याउने प्रयास भएपनि आकाङ्क्षीहरूले अडान नछाड्दा विवाद देखिएकाे छ । सहमति हुन नसकेपछि बहुसंख्यक प्रतिनिधिले चुनावको माग गरेका छन् । 


निर्वाचन समितिले २०८१ चेत १७ गते  बिहान ७ बजेदेखि ९ बजेसम्म मनाेनयनकाे कार्यतालिका निकालेकाे थियाे । पुन: अर्काे कार्यतालिका सार्वजनिक गरेर १ बजेसम्म मनाेनयनकाे कार्यतालिका संशाेधन गरिएकाे छ । तर, निर्वाचन समितिले अहिलेसम्म फारम वितरण गरेकाे छैन ।

 

फारम नपाउँदा उम्मेदवारका आकांक्षीले निर्वाचन प्रकियामा सहभागी हुन पाएका छैनन् । एक प्रतिनिधिका अनुसार विशेषगरी अध्यक्ष र महासचिव पदमा सहमति जुट्न सकेको छैन । 


अध्यक्षमा कमल गिरी र दीपेन्द्र रावलले आ–आफ्नो दावी छाडेका छैनन् । यस्तै महासचिवमा  दीपेन्द्र शर्मा कि  मनोज घर्ती मगर भन्नेमा सहमति नजुटेको हो । पछिल्लाे समय वरिष्ठ उपाध्यक्षमा पनि विवाद देखिएकाे छ ।  


महासचिवमा सहमति हुँदा गिरीलाई अध्यक्ष बनाएर अघि बढ्न प्रचण्डले सुझाव दिएको नेताहरू बताउँछन् । तर, जनार्दन शर्मा पक्षका दीपेन्द्र रावलले आफू ब्याक नहुने बताउँदै निर्वाचन प्रक्रियामा जान तयार रहेको बताएका छन् ।

 

प्रचण्ड निकट सेन्टरका नेताहरूले पनि गिरीलाई मान्न तयार देखिएका छैनन् । प्रेस सेन्टरको पाँचौ अधिवेशन चैत १६ गते शनिवारदेखि राजधानीमा सुरु भएको थियो । 

प्रतिकृया दिनुहोस