मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च, सवारी साधन डाइभर्ट (तस्बिरहरू)
2025-03-28-10-03-13.jpeg)
आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ । मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ । मोर्चामा आबद्ध प्रमुख दलहरुमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन् । त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा गर्ने संभावना छ ।
तस्बिरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक
प्रतिकृया दिनुहोस