• आइतबार-चैत-१०-२०८१

महायज्ञका नाममा दलित माथि ज्यादती, पीडित परिवार विस्थापित

 

सिरहा, ९ चैत । सिरहाको औरही गाउँपालिका ५ मा महायज्ञको नाममा घर भत्काएका दीपक मलिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन् ।

 

घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादबलाइ प्रहरीले पक्राउ गरेपछी उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिक घरपरिवार बिस्थापित भएका हुन् । 

 

रुपेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए । असुरक्षा बढ्न थालेपछि दिपककी श्रीमती अनिता मलिक सिरहा नपा १९ सन्हैठामा आफन्तका बस्न गएका छन् । दीपक आफैँ भने गाउँकै एक जनाको घरमा बसोवास गरेको स्थानीयले बताएको छ । 

 

उनका छोराछोरीहरु भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए । प्रहरीले सुरक्षाका कारण दीपकका परीवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए । 

 

घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्व वडाअध्यक्ष दीलिप यादवलाई पक्राउ गरे पछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ । मलिक परिवारको घर सुरक्षाका लागि करिव दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ । 

 

औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दीपक मलिकको घर गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर भत्काएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस