• आइतबार-चैत-१०-२०८१

एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

 

काठमाडौँ । प्रिमियर लिग क्लब एस्टन भिल्ला युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

 

गएराति सम्पन्न खेलमा बेल्जियम क्लब, क्लब ब्रुगेलाई ३-० ले पराजित गर्दै एस्टन भिल्लाले समग्रमा ६-१ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यसअघि राउण्ड १६ को पहिलो लिगमा एस्टन भिल्ला ३-१ ले विजयी भएको थियो ।

 

यो जितपछि अब एस्टन भिल्लाले क्वाटरफाइनलमा पिएसजीको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

 

आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

 

आर्सनल यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

 

गएराति सम्पन्न खेलमा डच क्लब पीएसभीसँग २-२ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ९-३ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । राउण्ड १६ को पहिलो लिगमा आर्सनल ७-१ ले विजयी भएको थियो ।

 

यो जितपछि अब आर्सनलले क्वाटरफाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

 

 

प्रतिकृया दिनुहोस