• मंगलबार-फाल्गुण-२७-२०८१

पीएम कपमा आज दुई खेल हुँदै

 

काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुँदै छन् ।

 

आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदैछ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदैछ । कोशी प्रदेशले पहिलो खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशको भने यो पहिलो खेल हो ।

 

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुँदैछ । देउखुरी क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुँदैछ । अहिलेसम्म कर्णालीले पहिलो खेलमा जित हासिल गरेको छ भने गण्डकीले पहिलो खेलमा हार बेहोरेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस