काठमाडौं, माघ २६, २०८१ - नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजीपी) दीपक थापा २०८१ माघ २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्मानित भएका छन्। प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा आयोजित एक विशेष समारोहमा एआइजीपी एवं नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान विभाग प्रमुख थापालाई नेपाल पुलिस क्लब परिसरमा सञ्चालनमा आएको ‘द ब्लु पेभेलियन’ को अवधारणा र निर्माण व्यवस्थापनमा पुर्याएको विशेष योगदानको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको हो ।
प्रधानमन्त्री ओलीले एआइजीपी थापाको कार्यकालको उत्कृष्टता र नेपाल प्रहरीको विकासमा पुर्याएको योगदानको सराहना गर्दै उनलाई यो सम्मान दिएका हुन् । थापाले नेपाल प्रहरीको प्रतिष्ठा र कार्यक्षमता सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
समारोहमा गृह मन्त्री रमेश लेखक र प्रहरी प्रधान कार्यालयका प्रमुख, आइजीपी बसन्त बहादुर कुँवरले समेत एआइजीपी थापालाई बधाई दिएका थिए । उनीहरूले थापाको आगामी कार्यकालका लागि उत्तरोत्तर प्रगतिको कामना गर्दै उनलाई अझ सफलताको शुभकामना व्यक्त गरेका छन्। एआइजीपी थापाको कार्यकालको मूल्याङ्कन गर्दै उनको योगदानलाई उच्च सम्मान दिएका छन् ।
समारोहमा सहभागी अन्य वरिष्ठ प्रहरी अधिकारीहरू, कर्मचारीहरू पनि सम्मानित भएका थिए ।
प्रतिकृया दिनुहोस