• बिहीबार-माघ-२४-२०८१

प्रदेशसभा बैठक : मुख्यमन्त्रीद्वारा प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत

 

मकवानपुर, २४ माघ : बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभयो ।

 

मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईंको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो । बैठकमा उपसभामुख चापागाईंले उद्योग, पर्यटन तथा वातावरण समितिको सदस्यमा प्रदेशसभाका सदस्य शैलेन्द्रमान बज्राचार्यलाई मनोनयन गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही माघ २६ गते दिनको २ बजे बस्ने छ । ---

प्रतिकृया दिनुहोस