नाै महिनादेखि सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार
काठमाडाैं । नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेहरथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका थिए । उनीहरूलाई माघ २३ गते बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको खबर छ।
गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस्ट एयरलाइन्सको फलाइट नं. TK274 मार्फत माल्दोवाबाट उडेर माघ २५ गते शुक्रवार दिउँसो काठमाडौँ आउने खबर छ । उनीहरूको उद्धारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती र नियोग उपप्रमुख शागर फुयाँल लगायत, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले धन्यवाद दिएका छन् ।
यस्तै, उनीहरूको उद्धारको लागि गैरआवासीय नेपाली संघको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइसीसी सदस्य चिरन शर्मा र संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सचिवालयका कर्मचारी र सम्वद्ध सवैलाई अध्यक्ष केसीले आभार व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस