• बिहीबार-माघ-२४-२०८१

प्रधान सेनापतिद्वारा रायमाझीलाई उपरथी दार्जाकाे दर्ज्यानी चिन्ह प्रदान


काठमाडाैं । प्रधान सेनापतिद्वारा उपरथी दर्जाकाे दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सहायक रथी नकुल बहादुर रायमाझीलाई २०८१ पौष २६ गते उपरथी दर्जामा पदोन्नति गरिएको र २०८१ माघ २३ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जङ्गी अड्डामा एक विशेष समारोहमा उक्त चिन्ह प्रदान गरेको उल्लेख गरिएको हाे।

 

साथै, उपरथी  रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) का महानिर्देशकको रूपमा नियुक्त भएका छन् ।

 

समारोहमा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरू, र रायमाझीको परिवारजनहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस