• बिहीबार-माघ-२४-२०८१

नारायणकाजी-विप्लवविरूद्ध जनार्दन र वर्षमानकाे रहस्यमय मिलन !


  माओवादी केन्द्रका नेताहरु एकपछि अर्को रमाइलो राजनीति गरिरहेका छन् । स्वार्थ अनुसारका तर्कमा रमाएर माओवादी नेताहरुले न संगठन चल्न दिएका छन्, न इज्जत बढाएका छन् । यस्तै दृश्य देखिएको थियाे केही दिनअघि बसेको माओवादी  केन्द्रकाे पदाधिकारी बैठकमा । कृष्णबहादुर महराको समन्वयमा पार्टीको राजनीतिमा आएका नन्दकिशाेर पुनको विषयलाई लिएर यस्तो दृश्य देखिएको हो ।


नन्दकिशाेर पुनलाई सुरुमा राजनीतिमा आएको प्रति निकै कडा आलोचक देखिएका थिए कमरेडद्वय जनार्दन शर्मा र वर्षमान पुन । अनि, स्थायी कमिटी बैठकमा नन्दकिशाेर पुन उपाध्यक्षको लाइनमा बसेको भन्दै चर्को आलोचना पनि गरेका थिए । तर, जब महराले नन्दकिशाेर पुनलाई सक्रिय राजनीतिमा ल्याउन खोजेको भन्ने भएपछि महराविरुद्ध केन्द्रित हुन खोजेका छन् ।

 

नन्दकिशाेर पुनको विषयमा यो प्रस्ताव ल्याएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि प्रश्न उठाएका छन् । त्यसले गर्दा बैठकले कुनै निर्णय गर्न सकेको छैन । यसै साताको बैठकमा यो विषयमा छलफल भएको थियो । तर, श्रेष्ठमाथि नै समस्या हुने भएपछि अर्को बैठकमा निर्णय गर्ने भनेर नन्दकिशाेर पुनको विषय टुंगो लागेका छैन ।


नन्दकिशाेर पुनलाई उपाध्यक्ष बनाउन पार्टीको वैठकमा प्रस्ताव गरेर अर्को प्रहार सुरु गरेका छन् । जनार्दन र वर्षमानले पुनलाई वरीयतामा प्रचण्डपछि राख्ने गरी उपाध्यक्ष बनाउने प्रस्ताव गरेपछि अर्को लफडा सुरू भएको हो । सुरुमा जुनियर हो किन उपाध्यक्ष बनाउने भन्दै आएका यिनै कमरेडद्वय जनार्दन र वर्षमान एक्कासी फेरि दोस्रो वरीयताको प्रस्ताव गर्न  किन अघि सरे  ? भन्ने चाहिँ रोचक र रहस्यमय  विषय बनेको छ ।

 

अहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । उनलाई पाखा लगाउने र चिढ्याउनमात्र होइन, आफूहरुले प्रस्ताव गरेको नारायणकाजीकै कारण रोकिएको भन्ने सन्देश नन्दकिशाेर पुनलाई दिनका लागि पनि यस्तो प्रस्ताव गरेको हुन सक्ने माओवादी  केन्द्रका एकजना नेताले बताए ।


नन्दकिशाेर पुनको विषयमा यो प्रस्ताव ल्याएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि प्रश्न उठाएका छन् । त्यसले गर्दा बैठकले कुनै निर्णय गर्न सकेको छैन । यसै साताको बैठकमा यो विषयमा छलफल भएको थियो । तर, श्रेष्ठमाथि नै समस्या हुने भएपछि अर्को बैठकमा निर्णय गर्ने भनेर नन्दकिशाेर पुनको विषय टुंगो लागेका छैन ।


जनार्दन र वर्षमान यो विषयमा फेरि किन एक ठाउँमा आए भन्ने पनि विषयले सनसनी फैलाएकाे छ । अघिल्लो साता अखिल क्रान्तिकारी विद्यार्थी संगठनको चुनावमा दुई धारमा देखिएका जनार्दन र वर्षमान बेलामौकामा अचानक मिल्ने नाट गर्ने गरेका छन् ।


  नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता गर्ने प्रस्तावको विरुद्ध पनि जनार्दन र वर्षमान यसरी नै एक भएका थिए  । अनि, महरा सुनकाण्डमा मुछिनु अघि र पछि पनि मिलेका थिए । अहिले नन्दकिशाेर पुनलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेर नारायणकाजी श्रेष्ठलाई चिढ्याउन पनि जनार्दन र वर्षमान एक भएका छन् । यो कुरालाई माओवादीभित्र रहस्यको रुपमा हेरिएको छ।

 

प्रतिकृया दिनुहोस