• शुक्रबार-माघ-१८-२०८१

२० बर्षदेखि फरार अभियुक्त चन्दन कुमार रौनियार पक्राउ 


रौतहट । २० बर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । लागूऔषध चरेश मुद्दम कसुर ठहर भई अदालतबाट सजायको फैसला भएपश्चात फरार रहेका अभियुक्तलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ४१ बर्षीय चन्दन कुमार रौनियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार  वीरगन्ज–१६ नगवामै लुकिछिपी बसेको अवस्थामा रौनियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।


अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेर पर्सा जिल्ला अदालतमै बुझाएको उनले जानकारी  दिए । लागु औषध चरेसको मुद्दामा पर्सा जिल्ला अदालतले २०६१ अषाढ १३ गते रौनियारविरुद्ध २ बर्ष ७ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको उक्त फैसला लगत्तै रौनियार फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 


 

प्रतिकृया दिनुहोस