महानिरीक्षक अर्यालबाट एपीएफ महिला फुटबल टोली सम्मानित
काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले २०८१ माघ १८ गते नेपाल एपीएफ क्लबको महिला फुटबल टिम र उनीहरुको अफिसियलहरुलाई ‘एन्फा महिला लिग फुटबल–२०२४’ को उपाधि जित्न सफल भएको सम्मान गरेका छन् । उक्त सम्मान कार्यक्रम नेपाल एपीएफ क्लबको प्रधान कार्यालयमा आयोजना गरिएको थियो।
महानिरीक्षक अर्यालले क्लबको महिला फुटबल टोलीलाई उच्च अनुशासन र उत्कृष्ट खेल प्रदर्शनको लागि कदर गर्दै सम्मान प्रदान गरेका छन् । उनले एपीएफ क्लबको महिला फुटबल टोलीको योगदानलाई महत्वपूर्ण बताउँदै, उक्त टोलीले सशस्त्र प्रहरी संगठनको छवीलाई उच्च राख्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गरेका थिए। क्लबकी सबिता रानामगरले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जितिन्, अनि साबित्री किसनले सर्वोत्कृष्ट गोलकिपरको सम्मान प्राप्त गरिन्। रश्मिकुमारी घिसिङले सर्वाधिक गोलकर्ताको उपाधि जितिन्। यी तीन जना खेलाडीको उत्कृष्ट प्रदर्शनले क्लबलाई उपाधि जित्नमा ठूलो योगदान पुर्यायो।
नेपाल एपीएफ क्लबको महिला फुटबल टोलीले यसअघि पनि २०७५, २०७७ र २०७९ सालमा एन्फा महिला लिग फुटबलको उपाधि जित्न सफल भएको थियो। यसपछि क्लबले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै, नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
महानिरीक्षक अर्यालद्वारा गरिएको यो सम्मान कार्यक्रम क्लबका खेलाडी र अफिसियलहरुलाई थप प्रेरणा दिने छ र भविष्यमा अझ राम्रो प्रदर्शनका लागि उत्साहित बनाउने विश्वास गरिएको छ।
नेपाल एपीएफ क्लबका लागि यो एक ठूलो उपलब्धि हो र नेपाली महिला फुटबलको विकासमा यसका योगदानलाई भने कसैले अनदेखा गर्न सक्दैन।

प्रतिकृया दिनुहोस