सशस्त्र प्रहरीद्वारा ५० लाखभन्दा बढीको सामान बरामद
पर्सा । पर्सा सशस्त्र प्रहरी भण्डार गरी राखेको अवस्थामा वीरगञ्जबाट ५० लाखभन्दा बढीको सामान बरामद गरेको छ ।
सीमा सुरक्षा गुल्म वीरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगर क्षेत्रमा लुकाइछिपाइ गोदाममा राखिएका कपडा र हार्डवेयरका सामानहरू बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।
उनका अनुसार सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो।बरामद गरेको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले जनाएको छ ।

प्रतिकृया दिनुहोस