• बुधबार-माघ-९-२०८१

पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्माको निधन

 

काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको भारतमा उपचारको क्रममा निधन भएको हो ।

 

मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मालाई उपचारका लागि भारत लगिएको थियो । शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित छन् । उनले लामो समय एमालेको राजनीति गरेका थिए ।

 

उनी संविधानसभामा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस