• बुधबार-माघ-२३-२०८१

स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु


वीरगञ्ज (पर्सा), ८ माघ : स्कुल बसको ठक्करले वीरगञ्जमा आज एक जना साइकल यात्रुको मृत्यु भएको छ । 


तेजस एकेडेमीको ना५ख १५०४ नम्बरको स्कुल बसको ठक्करले  बाराको फेटा गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षका तैयामोदिन मिया अन्सारीको मृत्यु भएको हो । उक्त बसले साइकल यात्री अन्सारीलाई वीरगञ्ज महानगरस्थित बाइपासमा ठक्कर दिएको थियो ।


बसको ठक्करले गम्भीर घाइते भएका अन्सारीको उपचारको लागि नारायणी अस्पतालमा पुर्‍याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले  जनाएको छ । 


पर्साका ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले सवारी दुर्घटनामा संलग्न चालक देवा पासवान र सवारीसाधन बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
–––

प्रतिकृया दिनुहोस