• बुधबार-माघ-२३-२०८१

नेवाः देय् दवु खोटाङको तेश्रो अधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

दिक्तेल, खोटाङ, माघ ८ गते - नेवाः देय् दवु खोटाङको तेश्रो अधिवेशन आज दिक्तेलमा सम्पन्न भएको छ। उक्त अधिवेशनमा १८ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ। नयाँ कार्य समितिको अध्यक्षमा गाेपाल श्रेष्ठ (खाल्डे) चयन भएका छन्।

निर्विरोध निर्वाचित पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छ:

अध्यक्ष: गाेपाल श्रेष्ठ (खाल्डे)
वरिष्ठ उपाध्यक्ष: मन्दिप श्रेष्ठ (अर्खाेले)
उपाध्यक्ष: लक्ष्मण श्रेष्ठ (बुईपा)
महिला उपाध्यक्ष: सर्मिला श्रेष्ठ (साेल्मा)
सचिव: यज्ञ नारायण श्रेष्ठ (हौचुर)
महिला सचिव: सन्ध्या श्रेष्ठ (दिक्तेल)
कोषाध्यक्ष: हिरा कुमारी श्रेष्ठ (दिक्तेल)

यस अधिवेशनमा नयाँ कार्यसमितिको चयनले नेवाः देय् दवु खोटाङका क्रियाकलापलाई थप सक्रिय र प्रभावकारी बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ। यस अवसरमा स्थानीय प्रतिनिधिहरू, पार्टीका नेताहरू र कार्यकर्ताहरूको ठूलो सहभागिता रहेको थियो।

 

यस नयाँ कार्यसमितिका सदस्यहरूले खोटाङ जिल्लामा नेवाः समुदायको हकहितको रक्षा र समृद्धिका लागि थप पहल गर्ने बताएका छन्। कार्यसमिति गठनसँगै नेवाः देय् दवु खोटाङले नयाँ कार्य योजना र कार्यक्रमहरू संचालन गर्न तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस