• बुधबार-माघ-२-२०८१

मुलुकको समृद्धिका लागि क्रियाशील हुन पर्वले उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास

 

काठमाडौँ  । उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

 

माघीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रियता र परस्पर भ्रातृत्व, अपनत्व फैलाउन यस्ता मौलिक पर्वले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।

 

यसै अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजै जारी गर्नुभएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक हाम्रो मुलुकमा विभिन्न समुदायले मनाउने मौलिक चाडपर्वले एकापसमा भ्रातृत्व, पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई  बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 
–––

प्रतिकृया दिनुहोस