अध्यक्ष झालाई ‘उमा सिंह राष्ट्रिय पत्रकारिता सम्मान’
महेन्द्रनगर (धनुषा), २७ पुस : राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई नेपाल पत्रकार महासङ्घ धनुषाद्वारा आज जनकपुरधाममा ‘उमा सिंह राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।
सोही समारोहमा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा र नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्वअध्यक्ष उमेश साह पनि सम्मानित हुनुभएको छ । अध्यक्ष शर्माको प्रमुख आतिथ्यमा महावीर युवा कमिटीद्वारा रु ११ हजार नगदसहित पत्रकार साहलाई सम्मान गरिएको हो ।
त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष झाले शहीद पत्रकार उमा सिंह हत्याको पुनः छानबिन हुनुपर्नेमा जोड दिनुभयो । साथै अध्यक्ष झाले पत्रकारको हकहित एवं सुरक्षामा राज्यका निकायहरु गम्भीर हुनुपर्ने बताउनुभयो । कार्यक्रम नेपाल पत्रकार महासङ्घ धनुषाका शाखाका अध्यक्ष पुरन साहको अध्यक्षतामा भएको थियो ।
–––

प्रतिकृया दिनुहोस