• शनिबार-पौष-२७-२०८१

प्रहरीसम्बन्धी विधेयक संसद्मा पेस हुँदै

 

काठमाडौँ, २७ पुस । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद्मा पेस गरिने भएको छ ।

 

शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ । गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आउनुभएको थियो । 


प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो । 
–––

प्रतिकृया दिनुहोस