बाँदरको निधनपछि अन्तिम संस्कार धुमधाम
कुनै व्यक्तिको मृत्यु भएपछि अन्तिम संस्कार गर्नुअघि उनको अन्तिम यात्रा पूर्ण विधिका साथ गरिन्छ । तर, जनावरको मृत्युपछि यस्तो भयो भने अचम्मको कुरा हो । हो, छिमेकी मुलुक भारतको राजस्थान राज्यको जोधपुरस्थित उम्मेद चोकमा बिजुलीको करेन्ट लागेर बाँदरको मृत्यु भएपछि स्थानीयले पूर्ण विधिपूर्वक दाहसंस्कार गरेका छन् । उम्मेद चोकमा करेन्ट लागेर बाँदरको मृत्यु भएको थियो ।
वास्तवमा सनातन धर्ममा बाँदरलाई बजरंगबली(हनुमान) को रूप मानिने भएकाले यहाँका बासिन्दाले आस्था प्रकट गर्दै परम्पराअनुसार बाँदरको अन्तिम संस्कार गर्ने गरेका छन् । अन्त्येष्टि अघि धार्मिक भजन गाइएको थियो र बाँदरको मृत शरीरलाई फूलले सजाइएको थियो । स्थानीय बासिन्दाले पूर्ण हिन्दू परम्परा अनुसार सजाएर बाँदरको शवयात्रा निकालेका थिए । बाँदरको अन्त्येष्टिको अवसरमा उमेशचोक नजिकै मृतक आत्मालाई श्रद्धाञ्जलि अर्पण गर्न इलाकाका सबै बासिन्दाको उपस्थिति रहेको थियो । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस