रुसद्वारा सन् २०२४ मा आप्रवासी निष्कासन दोब्बर
मस्को, २४ पुस (रासस/एएफपी) : रुसले सन् २०२४ मा ८० हजारभन्दा बढी आप्रवासीलाई निष्कासन गरेको छ । यो सन् २०२३ को तुलनामा लगभग दोब्बर हो । गत वर्षको क्रोकस सिटी हल आतङ्कवादी आक्रमणपछि रुसले आप्रवासन नीतिहरू कडा पारेको छ ।
मार्चमा भएको सम्मेलन केन्द्रमाथिको आक्रमणमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको थियो । उक्त आक्रमण कथित रूपमा ताजिक नागरिकहरूद्वारा गरिएको थियो र इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो ।
“अदालतको आदेशमा ८० हजारभन्दा बढी आप्रवासी र राज्यविहीन व्यक्तिहरूलाई रुसबाट निष्कासन गरिएको छ”, तास राज्य समाचार एजेन्सीले बेलिफ सेवाहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । तासका अनुसार सन् २०२३ मा निष्कासनको सङ्ख्या ४४ हजार दुई सय थियो । प्रतिवेदनले निष्कासित व्यक्तिहरूको राष्ट्रियता खुलाएको छैन तर रुसमा अधिकांश आप्रवासीहरू मध्य एसियाका पूर्व सोभियत गणराज्यका श्रमिकहरू हुन् ।
निष्कासन आदेशको अर्थ सामान्यतया व्यक्तिलाई पाँच वर्षको अवधिका लागि रुस प्रवेश गर्न प्रतिबन्ध लगाइएको हुन्छ । क्रोकस आक्रमणपछि आप्रवासीहरू विरुद्धको छापा बढेको छ र अधिकारीहरूले आप्रवासी विरोधी बयानबाजीलाई कडा पारेका छन् ।
संसद्का अध्यक्ष व्याचेस्लाभ भोलोडिनले सेप्टेम्बरमा सांसदहरूले परिवार पुनर्मिलन रोक्न र केही कामबाट आप्रवासीहरूलाई प्रतिबन्ध लगाउने लगायतका आप्रवासीसम्बन्धी ३४ वटा कानूनमा काम गरिरहेको बताउनुभएको थियो ।
केही सांसदले रुसी भाषा नबोल्ने कुनै पनि आप्रवासीलाई निष्कासन गर्न प्रस्तावसमेत गरेका छन् । तर गहिरो जनसाङ्ख्यिकीय सङ्कट र युक्रेनमा अभियानका कारण श्रम शक्तिमा हालैको कमीका कारण अर्थतन्त्र आप्रवासनमा निर्भर छ ।
रुसले आप्रवासीहरूलाई रूसी नागरिकता प्राप्त गर्न सजिलो बनाउन कानूनहरू खुकुलो पारेको थियो तर प्राकृतिक नागरिकहरूले अब सेनामा सेवाका लागि दर्ता गर्न आवश्यक छ अन्यथा आफ्नो पासपोर्ट गुमाउने र निष्कासित हुने जोखिम छ । गत वर्ष रुसी अधिकारीहरूले जारी गरेका तथ्याङ्कअनुसार यी प्राकृतिक रुसीमध्ये करिब १० हजार युक्रेनमा लडिरहेका रुसी सेनामा सामेल भएका छन् ।
–––

प्रतिकृया दिनुहोस