नन्दबहादुर पुनविरूद्ध माओवादीका काे काे नेताहरू उत्रिए
प्रचण्ड पनि निर्वाचित भएर चुनाव लडेर नै अध्यक्ष बन्नुपर्छ-जनार्दन शर्मा
माओवादी केन्द्रकाे केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष सोसरहको स्थानमा बसेर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन अब सक्रिय रूपमा पार्टी राजनीतिमा लाग्ने भएका छन् । प्रचण्डको देब्रे साइटमा बसेर पुनले आफ्नो पुरानो सक्रियतालाई निरन्तरता दिन खोजेपछि उनको आलोचना पनि माओवादी केन्द्रभित्र बाटै भएको छ ।
वर्षमान पुन र जनार्दन शर्मालाई तहलाई लगाउनगरी प्रचण्डले पुनलाई सक्रिय राजनीतिमा जोडेकाे नेताहरू बताउछन् । त्यही भएर शर्मा र पुनले घुमाउरो भाषामा पुनको सक्रियताको आलोचना गरेका भएपनि केही नेताहरुले भने खुलेरै विरोध गरेका छन् ।
सचिव राम कार्कीले पनि नन्दबहादुर पुनकाे आलोचना गरेका छन् । उनले पनि पुनको सक्रियतालाई नरुचाएकाे स्पष्ट देखिन्छ । उनले व्यक्तिगत भन्दा पनि सैद्धान्तिक रुपमा विरोध गरेका छन् । राज्यको सम्मानित पदमा पुगेको व्यक्ति फेरि राजनीतिमा सक्रिय हुनु आफैमा समस्या रहेको भन्दै पुनको आलोचना भइरहेको छ ।
त्यसैगरी, लेखनाथ न्यौपानेले पनि माओवादी केन्द्रमा नन्दबहादुर पुनको सक्रियताको विरोध गरेका छन् । पुनको सक्रिय राजनीतिमा आउने चाहना गलत भएको भन्दै उनले पार्टीमा सक्रियताको समय र पदीय जिम्मेवारीको पनि हद तोक्नुपर्ने बताएका छन् । त्यसो त, माओवादीभित्र विशेष महाधिवेशनको कुरा पनि पुनको सक्रियताप्रति रुष्ट भएर उठेको बताइन्छ ।
जनार्दन शर्मा, वर्षमान पुनसहितका धेरै नेताले विशेष महाधिवेशन बोलाउनुपर्ने बताएका छन् । शर्माले त प्रचण्ड पनि निर्वाचित भएर चुनाव लडेर नै अध्यक्ष हुनुपर्छ भन्दै नेतृत्वमाथि प्रश्न उठाएका थिए । अनि, शर्माले नन्दबहादुर पुनलक्षित गर्दै नेताहरुले सम्पत्ति सार्वजनिक गर्नुपर्ने पनि बताएका छन् ।
नन्दबहादुर पुनले कीर्तिपुरमा प्रशस्त जग्गा किनेको र उनको स्रोतमाथि गम्भीर प्रश्नहरु बताइरहेका छन् । यद्यपि, वर्षमान पुनले भने नन्दबहादुर पुनविरूद्ध त्यो हदसम्मको अभिव्यक्ति दिएका छैनन् ।

प्रतिकृया दिनुहोस