• बुधबार-पौष-२४-२०८१

ललितपुरको कल सेन्टरमा सिआईबीको छापा, दुई भारतीयसहित ५३ जना पक्राउ


काठमाडौँ, २३ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।

सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने उहाँले बताउनुभयो ।

 

अभियुक्तहरूबाट  ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान  मोबाइल फोन पनि बरामद भएको छ ।  उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उहाँले बताउनुभयो ।  
–––

 

 

प्रतिकृया दिनुहोस