• सोमबार-पौष-२२-२०८१

रास्वपा केन्द्रीय समितिको बैठक : संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल


काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोटिङ् दिने काम सम्पन्न भएको छ । 

 

शनिबार बसेको बैठक समसामयिक राजनीतिक विषय र स्थानीय तह उपनिर्वाचनमा भएका कमि कमजोरीहरुसहित आत्मालोचना र आत्मसमीक्षा गर्ने काम भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सभापति राजन गौतमले जानकारी दिएका छन् । 

 

उनले भने, ‘आजको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा बृहत छलफल गरेका छौँ । विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोटिङ् दिने काम भयो, मंसिर १६ मा सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनमा भएका हाम्रा कमि कमजोरीहरुसहित आत्मालोचना र आत्मसमीक्षासहित अगामी दिनमा पार्टीलाई कसरी बलियो बनाउने र जनता माझ कसरी जाने भन्ने विषयमा छलफल भयो ।’

 

यस्तै, संगठनलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल भएको उनको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस