१० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्न सुझाव
काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्ने व्यवस्था गर्न सुझाव दिएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले यस्तो सुझाव दिएका हुन् ।
उनले भने,‘संघ प्रदेश र स्थानीय सबैले समावेश हुन पाउने सेवाको व्यवस्था गर्न को लागि हामीले माथिल्लो तहमा खुल्ला १० प्रतिशत बाँकी ९० प्रतिशत पदहरु बढुवाद्धारा पूर्ति गर्नुपर्छ भन्ने लोकसेवाको अहिलेको धारणा रहेको छ ।’
त्यस्तै उनले उनले निजामतीमा सेवा प्रवेशमा उमेर हद खुल्लामा ३२ र समावेशीमा ३७ वर्ष राख्ने विधेयकको प्रस्ताव रहेको भन्दै त्यसलाई कायम गर्दा उपयुक्त हुने बताए । उनले भने,‘निजामतिको कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष बनाउनु पर्ने छ । सेवा प्रवेशको हकमा उमेर हद अधिकतम समावेशीका हकमा ३७ वर्ष खुल्लामा ३२ वर्ष कायम गर्दा उपयुक्त हुने छ । जुन विधेयकमा प्रस्ताव भइसकेको नै छ ।’

प्रतिकृया दिनुहोस