‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’ : मुख्यमन्त्री आचार्य
घोराही (दाङ), १९ पुस : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताउनुभएको छ । घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सको उद्घाटन गर्दै उहाँले लम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले कानुन निर्माण गरेर प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि प्रदेश सरकारले कानुन निर्माण गरिसकेको जनाउँदै उहाँले अब ऐन निर्माण गरेर छिट्टै कार्यान्वयनमा ल्याउने बताउनुभयो ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई आयआर्जनसँग जोडेर थारु समुदायलाई आर्थिक रूपमा सम्पन्न गराउन प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेशका जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेलदगायत वक्ताले कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांस्कृतिक विविधताले भरिएको क्षेत्र रहेको भन्दै कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रम सञ्चालन हुनुअघि विभिन्न कला, संस्कृति र झाँकीसहित घोराही बजार परिक्रमा गरिएको थियो । थारूको मौलिक कला, संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वका रूपमा लिने गरिन्छ । महोत्सवमा थारु समुदायका मौलिक कला, संस्कृति, गीत, नाच र खानेकुराहरू प्रदर्शनमा राखिएका छन् ।
---

प्रतिकृया दिनुहोस