सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस हुने
पोखरा, १९ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फवाट बहस जारी रहनेछ । हिजोबाट सुरू भएको जाहेरीवालाका तर्फवाट बहस आज पनि जारी रहने भएको हो ।
गत बुधबारसम्म सो मुद्दामा प्रतिबादीको तर्फवाट भएको बहस सकिए पछि हिजोवाट जाहेरीवालाहरूको बहस सुरू भएको थियो, बहस नसकिएकाले आज पनि जारी रहने भएको हो । हिजो जाहेरीवालाको तर्फवाट वरिष्ठ अधिवक्ताद्वय दीनेश त्रिपाठी, डा.सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए । जिल्ला अदालत कास्कीका अनुसार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा रबि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।
त्यसो त बुधवारसम्म सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।
सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिए पछि हिजोबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्ने गरी ब्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस