• शुक्रबार-पौष-१९-२०८१

संसदका दुई समितिको बैठक बस्दै, अर्थको बैठकमा अर्थमन्त्री जाने

 

काठमाडौं, १६ पुस । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

 

संङघीय संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन ब्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जसअनुसार अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी काूननलाई  संसोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।

 

उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल पुग्ने सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । 

 

सो बैठकमा पुरानै एजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस