• बुधबार-पौष-१७-२०८१

आरती रावल पुनः आमरण अनसनमा



काठमाडौं । आरती रावल गिरीले कैदमा रहेका बलत्कार दोषी पूर्वन्यायाधीश भुवन गिरीलाई उन्मुक्ति नदिन उच्च अदालत पाटनलाई खबरदारी गर्दै पुनः सडकमा उत्रेकी छिन् ।

 

आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी रावलले कपिलबस्तु जिल्ला अदालतले वारदात प्रमाणलाई नजरअन्दाज गरी तथ्य बिनाको फैसला गरेको भन्दै न्याय परिषदमा दिएको उजुरीको प्रक्रियासमेत नबढेको आरोप लगाइन् । 

 

रावलले २०८१ मंसिर ७ गते कपिलबस्तु जिल्ला अदालतका बहालवाला न्यायधीश शिब बहादुर थापाले दोषी भुवन गरीलाई बचाउँदै फैसला गरेको आरोप लगाएकी छिन् । परिषदमा हालेको उजुरीको प्रक्रिया अगाडि नबढाएको तथा यता कैद सजाय भोगिरहेका बलत्कार दोषी पूर्वन्यायाधीश गिरीलाई उच्च अदालत पाटनले उन्मुक्ति दिने षड्यन्त्र गरेको आरोप लगाएकी छिन् ।

 

भुवन गिरी पुनरावेदनको लागि उच्च अदालत पाटन धाउँदै गर्दा रावलले उन्मिुक्तिको लागि चलखेल भइरहेको आरोप लगाउँदै भनिन्,‘सजायको लागि बलियो प्रमाण नै भुवन गिरीको योजनामा अदालतबाटै गायब पारिएको छ ।’ आफू उच्च अदालत पाटन पुगेको समयमा मिसिल हेर्दा जिल्ला अदालतमा पेस गरिएका सबै प्रमाण नदेखेपछि आफू चिन्तित भएको रावलले बताइन् । 

 

 

प्रतिकृया दिनुहोस