बारा प्रहरीद्वारा ६८ लाखको तस्करी सामान बरामद
बारा, २०८१ पुस ११ – जिल्लाका विभिन्न प्रहरी इकाइहरूको समन्वयमा बारा प्रहरीद्वारा गरेको विशेष चेकजाँचका क्रममा ६७ लाख ९६ हजार २९ रुपैयाँ मूल्य बराबरका तस्करीका सामान बरामद भएका छन्।
प्रहरी टोलीले बारा जिल्ला स्थित विभिन्न स्थानमा २ वटा ट्रकलाई रोकी चेकजाँच गर्दा, ट्रकहरूमा बिल भरपाईभन्दा बढी सामान लोड गरिएको पत्ता लाग्यो।
पहिलो घटनामा, १० पुस २०८१ मा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ स्थित अमलेखगंज चोकबाट प्रहरीले वीरगंजबाट रूपन्देही जाँदै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकमा लोड गरिएको ३१ लाख ८२ हजार ६० रुपैयाँ मूल्यका प्लास्टिक व्याग, वॉटर हीटर, औषधि, इलाइची लगायत अन्य सामग्री बरामद गरेको हो।
त्यसैगरी, १० पुस २०८१ मा पथलैया चोकस्थित प्रहरी चौकीबाट खटिएको टोलीले वीरगंजबाट रूपन्देही जाँदै गरेको ना ५ ख ७०५२ नम्बरको ट्रकमा लोड गरिएको ३६ लाख १३ हजार ९६९ रुपैयाँ मूल्यका हार्डवेयर, मोटर पार्ट्स, डाईवायर वाइर, कल्क लगायतका तस्करीका सामग्री नियन्त्रणमा लिएको छ।
बरामद सामानहरू र ट्रकहरू आवश्यक अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएका छन्। प्रहरीको यो कारवाहीले तस्करीविरुद्धको सङ्केत थप दृढ बनाएको छ।

प्रतिकृया दिनुहोस