मुक्तिको सपना पूरा गर्नु नै उपाध्यक्ष देवकी तिमल्सिनाकाे दायित्व -नेतृ पहाडी
काठमाडौं, २०८१ सालको पौष ११ गते – नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य सत्या पहाडीले नवनिर्वाचित उपाध्यक्ष देवकी तिमल्सिनालाई मुक्तिको सपना र सर्केगाडाका जनताको आकांक्षालाई पूरा गर्ने मुख्य दायित्व रहेको बताइन्।
२०८१ सालको पौष ११ गते बिहीबार राजधानीमा हुम्ला–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा पहाडीले माओवादीप्रति जनताको आशा र विश्वास अझै पनि बलियो रहेको बताएकी हुन्।
पूर्वमन्त्री पहाडीले देशभरका माओवादीलाई एकताबद्ध गर्दै आफूहरूले राजनीतिक विभाजनका अवस्थाबाट माथि उठेको भन्दै भनिन्, “हुम्लामा देवकीजीको जित र देशभर माओवादी एकताको लहरले प्रतिगामीहरूका हल्लालाई चुर पारेको छ।” उनले माओवादी एकताको महत्वपूर्ण पक्षको रुपमा सामाजवादी मोर्चाको योगदानको चर्चा गर्दै यस्ता एकताले देशमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरिन्।
नवनिर्वाचित उपाध्यक्ष देवकी तिमल्सिनाले दिवंगत पूर्व उपाध्यक्ष चन्द्र सिंह कार्की ‘मुक्ति’को अपुरो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सर्केगाडका जनताको आवश्यकतालाई प्राथमिकता दिने कुरा सुनिश्चित गरिन्।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी ‘सुशील’ले भने, “जनयुद्धको संघर्षबाट उभिएर आएको यो जित माओवादीको मजबुतीको प्रतीक हो।”
उनले माओवादीको एकता नै अहिलेको आवश्यकता भएको भन्दै प्रतिक्रियावादी तागतहरूले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रयास गरिरहेको बेला माओवादी एकतामा जोड दिनुपर्ने आवश्यकता रहेकाे विचार व्यक्त गरे।
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य हस्तबहादुर शाहीले समाजवादी मोर्चा माओवादीको एकता र समृद्धिको लागि थप प्रभावकारी बन्नुपर्ने धारणा राखेका थिए । उनले केपी ओली नेतृत्वको सरकार निरङ्कुश हुँदै गएकाले माओवादीका लागि एकता अनिवार्य भएको बताए।
सो कार्यक्रमको सभाअध्यक्षता हुम्ला काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष ज्ञानबहादुर लामाले गरेका थिए । यस अवसरमा सर्केगाडका अग्रज, माओवादी पार्टीका नेता र सामाजिक व्यक्तित्वहरूले देवकी तिमल्सिनालाई बधाई तथा आगामी कार्यकालको लागि शुभकामना दिएका थिए।
सर्केगाड गाउँपालिकाका पूर्व अध्यक्ष कृष्ण रोकायाले पनि देवकी तिमल्सिनालाई बधाई दिँदै, दिवंगत चन्द्र सिंह कार्कीको सपना पूरा गर्न र जनअपेक्षामा खरो उत्रिन सुझाव दिएका थिए ।
सबै वक्ताहरूले माओवादीको एकतामा जोड दिँदै भविष्यमा समाजवादी आन्दोलनलाई सशक्त बनाउने विचार व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस