काठमाडौँ, २०८१ सालको पुस ११ ९ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको नगदसहित तीन जनालाई पुस ९ गते पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा काठमाडौँका विभिन्न स्थानबाट रवि धमला, जीत बहादुर तामाङ्ग र सन्तोष बि.क. (खाती)लाई नियन्त्रणमा लिइएको हो।
प्रहरी टोलीले पक्राउ गरेको नगद रकम ९२ लाख रुपैयाँ (बयानब्बे लाख) रहेको पुष्टि भएको छ। यसैगरी, पक्राउ परेका तीन जनाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा अनुसन्धान गरिनेछ। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको छ।
यो घटनाले काठमाडौँमा आर्थिक अनियमितता र स्रोत नखुलेको नगदको प्रवृत्तिबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ।
प्रतिकृया दिनुहोस