धनुषामा गाडिएको अवस्थामा एक महिलाको श व फे ला
जनकपुर । मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा २०८१ पुस १० गते बुधबार राति श व फे ला परेको हाे ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको अन्दाजी ५० वर्षीया श्रीमती रेशमी देवी मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो । पुस ९ गते मंगलबारदेखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको जनाइएको छ ।
घटना स्थलबाट शव निकाली पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्रका महेन्द्रनगरले जनाएको छ ।
रेशमीलाई उनकै श्रीमान दशैया मुखियाले हत्या गरेर गाडेको आशंका गरिएको छ भने अनुसन्धानको लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
घटनाको एक दिन पहिला पनि दुबै जनाको झगडा भएको उनको बुहारीको भनाई छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस