यूएस एम्बेसीद्वारा सुनीता दनुवारको निधनप्रति समवेदना
काठमाडौं: मानव बेचबिखनविरुद्धको संघर्षमा प्रमुख अभियन्ता र नेतृका रूपमा परिचित सुनीता दनुवारको असामयिक निधनको खबरले समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ। यो दुर्भाग्यपूर्ण घटनामा अमेरिकी दूतावास (U.S. Embassy, Nepal) ले गहिरो दुख व्यक्त गर्दै उहाँको योगदानको प्रशंसा गरेको छ।
यूएस एम्बेसी नेपालले आज २०८१ पुस ८ गते एक विज्ञप्ति जारी गर्दै दनुवारको निधनलाई नेपाली समाज र मानव बेचबिखनविरुद्धको अभियानका लागि गहिरो क्षति ठानेको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, “उहाँको निधनले उहाँका परिवारजन र साथीहरूलाई मात्र नभएर मानव बेचबिखनविरुद्धको अभियान र नेपाली समाजलाई समेत गहिरो क्षति पुर्याएको छ। उहाँले नेपाली समाजको सुरक्षा र कल्याणका लागि समर्पित जीवन जिउनुभएको छ र उहाँको योगदान सधैं स्मरणीय रहनेछ।”
सुनीता दनुवारलाई सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले मानव बेचबिखनविरुद्ध लड्ने हिरोको उपाधि प्रदान गरेको थियो र फर्च्युन म्यागेजिनद्वारा "विश्वका ५० महान नेतृत्वकर्ताहरू" मा समावेश गरिएको थियो। यी सम्मानहरूले उहाँको विश्वव्यापी मानव बेचबिखनविरोधी अभियानमा पुर्याएको महत्वपूर्ण प्रभावको साक्षी छन्।
यूएस एम्बेसी नेपालले उहाँका परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै, यस कठिन घडीमा सबैको साथ र समर्थनको आवश्यकता रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस