• आइतबार-पौष-७-२०८१

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

काठमाडौं ।  ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रमको घोषणा गरिएको छ । २०८१ पुस ७ गते आइतबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको घोषणा गरिएको हो ।


उक्त कार्यक्रम ‘अब सुन्छ अमेरिका’ मा प्रदिप रोदन र सौग्रस पोखरेलले प्रस्तुति दिने छन् । यसैगरी ‘अब हाँस्छ अमेरिका’ मा बिक्की अग्रवाल, सुजिता श्रेष्ठ, मिस पवि, पवन खतिवडा (म्याकुरी), विकास अर्याल र सुन्दर खनालको प्रस्तुति रहने छ ।


साथै ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा बद्री पंगेनी, एलिना चौहान, कला लम्साल र प्रताप दासको प्रस्तुति रहने छ । फ्लाइनेपाको आयोजनामा यो कार्यक्रम २०२५ मा अमेरिकामा आयोजना हुनेछ ।

 

 

 

प्रतिकृया दिनुहोस