• आइतबार-पौष-७-२०८१

आईजीपीका ब्याची सबै डिआइजीपी र एआईजीपी बन्न सफल

काठमाडौं । नेपाल प्रहरीका आईजीपी वसन्त बहादुर कुँवरका ब्याची अहिले सबै डिआईजी र एआईजीमा बढुवा भएका छन् । यसमानेमा उनको ब्याच २०५१ चैत्र ५ गते प्रहरी निरीक्षकमा भर्ना भएकाहरू सबैलाई भाग्यमानी मान्नु पर्दछ ।

 

कोही एक दिने एआईजी, कोही सात दिने, कोही दस दिने एआईजी हुँदै अवकास भैरहेका छन् ।


  यही पुस १५ गते अर्का एआईजी भरत बहादुर बोहरा पनि सात दिने एआईजीको फुली लगाउदै ५६ वर्षे उमेर पूरा भएर अनिवार्य अवकासमा जाँदैछन् ।

 

उनीसँगै २०८१ मंसिर २८ गते दुर्गा सिंह चन्द पनि एआईजीमा बढुवा सिफारिस भएकी थिइन् । उनी भने आगामी २०८१ चैत्र ५ गतेसम्म एआईजी पदमा कार्यरत रहनेछिन् ।


एआईजी बोहरा २०८१ पुस १५ गते अवकास भएपछि जेष्ठताका आधारमा आईजीपी कुँवरकै ब्याची डिआईजी कुवेर कडायत एआईजीमा सिफारिस हुने सम्भावना छ । उनीसँगै एआईजी बढुवाको प्रतिस्पर्धामा रवीन्द्र केसी र चन्द्र कुवेर खापुङ पनि एआईजीपी बढुवा हुन दौडिएको चर्चा छ ।

 

कडायत एआईजीपीमा बढुवा भएभने २०८१ चैत्र ५ गतेसम्म मात्रै काम गर्न पाउने छन् । आईजीपी कुँवरका ब्याची डिआईजी र एआईजीहरू तिस वर्ष सेवा पूरा गरेर आगामी २०८१ चैत्र ५ गते अनिवार्य अवकासमा जाँदैछन् ।

प्रतिकृया दिनुहोस