• आइतबार-पौष-७-२०८१

थुनुवा मुक्त गराइदिने भन्दै रकम लिने तीनजना पक्राउ



सुदूरपश्चिम, ६ पुस : प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट रकम लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । 

 

कैलालीको गौरीगङ्गा नगरपालिका—७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्कसाउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । 

 
लागूऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का एकजनाका परिवारका सदस्यबाट उनीहरुले भारतीय रुपैयाँ ३९ हजार पाँच सय लिएको फेला परेको उहाँले बताउनुभयो । अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

 

शुक्रबार राति पक्राउ परेका ती व्यक्तिहरुमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 
---

 

 

प्रतिकृया दिनुहोस